धादिङमा कोरोना संक्रमितको संख्या ८३, कुन पालिकामा कति ?

Share it with you friends

धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । यसमध्य  जिल्लामा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाका ४२ जना काेराेना संक्रमित रहेकाे पुष्टि भएकाे छ ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना र सिद्धलेक गाउँपालिकाका २ जनामा काेराेना पुष्टि भएकाे छ भने धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एक/एक जना कोरोना संक्रमित छन् । संक्रमित मध्ये ५ जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।

जिल्लामा अहिले २ सय ७ जना क्वारेन्टिनमा छन् भने ५२ जना आइसोलेसनमा छन् । विदेशबाट आउनेको संख्या एक हजार रहेको प्रजिअ अस्मान तामाङले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *