धादिङ्गको थाक्रेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न ।
राजाराम डंगोल केवलपुर , फागुन २७ गते । धादिङ्ग को थाक्रे गाँउपालिका १० केवलपुरमा मा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशुको स्वास्थ्य जाच गरौ स्वस्थ पशु उत्पादन गरौ भन्ने मूल नाराका साथ सम्पन्न भएको शिविर थाक्रे गाँउपालिकाको आयोजना , टेक्निकल ट्रेनिङ्ग एण्ड रिसर्च इन्स्टिच्युट कुमारीपाटि ललितपुर को सह– आयोजना तथा हेफर इन्टरनेश्नल नेपाल, फोकस नेपाल र आधारशिला सामाजीक महिला उद्यमी सहकारी संस्था को सहयोगमा संम्पन्न भएको हो ।

थाक्रे गाउपालिकाका प्रमुख रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न शिविरमा गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, थाक्रे गाउपालिका वडा नं. १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

शिविरमा १८२० खसी बाख्रा तथा बोका , ३०० गाई ,१५० भैँसी, ४८० कुखुरा, १० वटा बंगुर को स्वास्थ्य परिक्षण गर्नुका साथै ५ वटा गाईको गर्भ परिक्षण तथा २५ ओटा बोकालाई खसी पारी विभिन्न आन्तरिक परिजीवी हरुको विरुद्धमा खोप लगाउनुका साथै निशुल्क औषधी वितरण गरिएको आधारशिला सामाजीक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष प्रमिला पण्डितले जानकारी दिनुभयो ।
