नातिनीको हत्या गर्ने परिवारका पाँच जनालाई सजाय दिलाउने हजुरबुबा

Share it with you friends

एजेन्सी । भारत सोनीपत जिल्लाका ७२ वर्षका धज्जा राम । सेतो धोती र कुर्तामा घरमा एक्लै आफन्त खोजेर भौतारिरहन्छन् ।

उनको परिवारका पाँच जनालाई सोनीपत अदालतले गएको हप्ता आजिवन जेल सजाय तोकेको थियो । उनको परिवारलाई छोरी हत्याको आरोपमा जेल सजाय तोकिएको हो । यो परिवारमा १६ वर्षकी छोरीको सन् २०१६, जुलाई १ तारिखमा हत्या भएको थियो । सरकारी कलेजमा पढ्ने उनी प्रेममा परेपछि परिवारले विरोध गरेको थियो ।

उनी आफ्नो प्रेमीसँग घर छोडर भागेकी थिइन । तर परिवारले उनलाई त्यहि व्यक्तिसँग विवाह गरिदिने बताएर उनीलाई घर फर्काएका थिए । उ नीका बाबु बलराज सुराले दुई भाईको सहयोग लिएर उनको हत्या गरेका भारतीय प्रहरीले जनाएको छ । उनीलाई जिउँदै जलाइएको खबरमा उल्लेख छ । हत्याको विरोधमा हजुरबुबा धज्जा रामले प्रहरीमा उजुरी गरेका थिए ।

उनले आफ्ना छोराहरु,बुहारी र हत्यामा संलग्न छोरी विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । हत्यामा आरोपितलाई सजाय भए पछि धज्जा राम अहिले एक्लै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *