नेकपा एमाले धादिङको राजमार्ग क्षेत्रमा घरदैलो

Share it with you friends

नेकपा एमाले धादिङले राजमार्ग क्षेत्रमा आज घरदैलो कार्यक्रम गरेको छ ।

नेकपा एमालेको तर्फवाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा उम्मेद्धार रहनुभएका भुमी त्रिपाठी र प्रदेश सभा १(२) मा उम्मेद्धार रहनुभएका ईन्जिनियर गजेन्द्र थपलियाले आज सयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको हो ।

घरदैलो कार्यक्रम पछि कोणसभालाई सम्वोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष समेत रहनुभएका त्रिपाठीले नेकपा एमाले मात्रै जनताको सच्चा सेवा गर्ने पार्टी भएको वताउनुभयो । वृद्धवृद्धालाई सम्मानका साथै युवाहरुको मनोभावनालाई समेत नेकपा एमालेले प्रतिनिधित्व गर्ने वताउनुभयो ।

कार्यक्रममा वोल्दै नेकपा एमालेको तर्पmवाट धादिङ प्रदेशसभा १(२) मा उम्मेद्धार रहनुभएका गजेन्द्र थपलियाले विकासको नेतृत्व नेकपा एमालेले लिने भन्दै आगामी सरकार केपी ओलीको नेतृत्वमा बन्नुपर्ने बताउदै त्यसको लागि नेकपा एमालेलाई भोट दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *