नेपाली कांग्रेस धुनिबेसी नगरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

Share it with you friends

भरत रेग्मी धादिङ असोज २६ । नेपाली कांग्रेस धुनिबेसी नगरपालिका ले २०७५ सालको बडादशैँ शुभदिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ ।


धुनिबेसी नगरपालिकाको खानिखोलामा आज नेपाली कांग्रेस १० नं. इलाकाका इलाका संयोजक विष्णु रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हरी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य विश्व प्रकाश अर्याल, मधु कुमार श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापती कृष्ण रिजाल नेपाल विद्यार्थी संघ धादिङका जिल्ला अध्यक्ष इश्वर अधिकारी नेपाल शिक्षक संघ धादिङका क्षेत्रीय सभापती राधाकृष्ण गजुरेल लगायतको आतिथ्यता रहेको थियो ।
नेपालीहरुको महान चाड बडा दशैँ, शुभदिपावली र छठ पर्वको अवसर पारेर गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस धुनिबेसी नगर पालिकाका नगर संयोजक दिपेन्द्र पाठक ले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गर्दै खुसी एबं रमाईलो को साथ चाड पर्व मनाउन अनुरोध गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *