पाठ्यपुस्तकका लागि सवा २ अर्ब अनुदान

Share it with you friends

सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ ।

वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो । शिक्षा विभागले अन्तरनिकाय वित्तीय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्फत २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो ।
निशुल्क शिक्षाअन्तर्गत कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरूलाई सरकारले हरेका वर्ष निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउदै आएको छ । बिहीबार शिक्षा विभागमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभाग शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालले शैक्षिक सत्र २०७५ का लागि अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा अनुदान रकम विनियोजन गरिसकेको बताए ।

“विभागले शैक्षिक सत्र २०७५ मा भर्ना हुने विद्यार्थीको संख्या पूर्वानुमान गरी सो अनुसार अनुदान रकम स्थानीय तहमार्फत विद्यालयमा पठाइसकिएको छ,” उपनिर्देशक अर्याले भने, “यसरी सरकारी अनुदानको रकमबाट निशुल्क पाठ्यपुस्तक पाउने विद्यार्थीको संख्या कक्षा १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ रहेका छन् ।” त्यसमध्ये कक्षा ५ सम्म ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि १ करोड ६५ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ भने कक्षा ६ देखि १० सम्म अध्ययनरत २२ लाख २४ हजार ९१७ विद्यार्थीका लागि १ करोड ९२ लाख ३९ हजार ६५६ थान पाठ्यपुस्तक आवश्यक हुने उनले जानकारी दिए ।

यी पुस्तकमध्ये कक्षा ५ सम्म निजी मुद्रक तथा बाँकी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गर्दै आएको छ । यस वर्ष सामुदायिक विद्यालयको पाठ्यपुस्तकको मूल्यवृद्धि गरेसँगै सरकारले यसमा दिँदै आएको अनुदानसमेत बढेको छ ।
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८३ लाख रुपैयाँ विनियोजन गरे पनि यो वर्ष बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष देशभर अनुदानमा पुस्तक पाउने विद्यार्थीको संख्या ५७ लाख ५७ हजार ७ सय ४४ रहेका थिए भने यो वर्ष सो संख्या घटेर ५५ लाख ३० हजार ५ सय ३१ मा झरेकोे छ ।

“निशुल्क पाठ्यपुस्तकको अनुदान स्थानीय तहले कसरी र कति दरमा, कहिले विद्यालयलाई निकासा दिने र कसरी प्रभावकारी रूपमा वितरण भन्ने सम्बन्धमा कार्यक्रम कार्यान्वयन निर्देशिकामा भएको प्रावधानसहित पुष, माघ र फागुनमा सार्वजनिक सूचना गरिसकिएको छ,” उपनिर्देशक अर्यालले भने, “विभागले पाठ्यपुस्तक वितरण व्यवस्थित गर्न केन्द्रीय अनुगमन समितिको बैठक निरन्तर सञ्चालन गरी शैक्षिक सत्रको सुरु वैशाख १ अघि नै विद्यार्थीको हातमा पूर्ण सेटसहित पुराउने कार्य भइरहेको छ ।”

वैठकको निर्णयअनुसार चैत २५ गतेसम्म मुद्रण तथा वितरकहरूले सबै जिल्ला जिल्लामा पाठ्यपुस्तक पुराइसक्नु पर्नेछ । यसका साथै विभागले चैत १५ गतेदेखि वैशाख २ गतेसम्मको पाठ्यपुस्तक वितरणलाई प्रभावकारी बनाउनेसम्बन्धी कार्ययोजना तर्जुमा गरी सो अनुसारको काम अघि बढाइसकेको जनाएको छ । यसका लागि चैत २५ गतेभित्र सबै जिल्लामा पाठ्यपुस्तक  पुराउने र वैशाख २ गते नै भर्ना हुने सबै विद्यार्थीका हातमा पूर्ण सेट किताब पुराउने लक्ष्यका साथ क्षेत्रीय र जिल्ला अनुगमन समितिको वैठक राख्न निर्देशन दिइएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महानिर्देशक महेशप्रसाद तिमल्सिनाले ९० प्रतिशत पाठ्यपुस्तक छपाइ भइसकेको र बाँकी पनि केही दिनभित्र छपाइ भइसक्ने बताए ।

यसरी नै १७ निजी पाठ्यपुस्तक मुद्रणका प्रतिनिधि दिपक भण्डारीले कक्षा ५ सम्मको पाठ्यपुस्तक अधिकांश छपाइ भइसकेको जानकारी दिए । सरकारले यो वर्ष कक्षा १ देखि १० सम्म ३ करोड ६० लाख थानभन्दा बढी पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । कक्षा १ देखि ५ सम्म ५ थान, कक्षा ६ देखि ८ सम्म ९ थान तथा कक्षा ९ र १० का लागि ८ थान आवश्यक पर्ने गर्दछ । काराेवार

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते