प्रदिप, खुमन, पूर्णकला र रितुले तताए महादेबबेशी महोत्सब ।

महादेबबेशी, धादिङ माघ १६ ।
तामाङ्नी ले लगाउदा सारी
यहि सारीमा सुहाउछन नारी
जब दोहोरी गायक प्रदिप रोक्काले गायिका रितु तामाङलाई इङगित गर्दै दोस्रो महादेबबेसी महोत्सबमा यहि गित प्रस्तुत गरे तब दर्शक दिर्घामा रहेका मानिसहरुको हुटिङ र नृत्यले महोत्सबको माहोल तताएको थियो । धादिङको महादेबबेसीमा दोस्रो महादेबबेसी पर्यटन तथा औधोगिक ब्यापार मेला भब्य रुपमा संचालन भईरहेको छ । उज्यालो भविश्य महिला समुहको आयोजना तथा थाक्रे युवा समाज को सह आयोजनामा संचालन भएको मेलाको आज छैठौँ दिनका कार्यक्रम सम्पन्न भएको छ ।

थाक्रेको पर्यटन र ब्यापार पर्बद्धनमा महिला सहभागिता , समृद्ध थाक्रे निर्माणमा हाम्रो ऐक्यवद्धता भन्ने मुल नाराका साथ संचालन भइरहेको मेलामा दोहोरी गायक खुमन अधिकारी, प्रदिप रोक्का तथा गायिका पूर्णकला वि.सी. रितु तामाङ, नृत्याङ्गना रमा न्यौपाने लगायत विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

११ गते देखी सुरु भई यहि माघ २२ गते सम्पन्न हुने मेलामा आज बुधबार करिव ७ हजार दर्शकले मेला अवलोकन गरेका मेला ब्यवस्थापन समिति ले जानकारी दिएको छ ।

 
             
             
            