प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

Share it with you friends

हेटौँडा  । प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका  थिए ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने- ‘बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।’

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरिन् । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।
रासस

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 11 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 11 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 21 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते