फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं , २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई ÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
निगमको सञ्चालक समितिको बैठकले बुधवार राति १२ बजेदेखि लागुहुनेगरी मूल्य बढाएको हो ।
यो सँगै अबदेखि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणाली अनुसार मूल्यवृद्धि गरिएको निगमको दाबी छ ।
