भीम रावलले भने–प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता असम्भव

Share it with you friends

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता कार्यदलका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भवन नभएको बताएका छन् ।

आज प्रदेश नम्बर ७ मा पुगेको नेता रावलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाचारमा आएजस्तो त्यति छिटै पार्टी एकता सम्भवन नभएको बताए । सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुने समाचार आएको थियो ।
‘राजनीतिक प्रतिबेद तयार भइसकेको छ’, उनले भने, ‘अब केन्द्रीय संयोजन समितिको बैठकले दस्तावेज पारित गरिसकेपश्चात दुईवटै पार्टीबाट पनि पारित भएपछि पार्टी एकीकरण हुन्छ ।’

उनले यति गर्दा दस्तावेजहरुलाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि पार्टी एकीकरण नहुने दाबी गरे । कार्यदलमा भएका व्यक्तिहरु मन्त्री भएकाले पनि यसमा केही विलम्ब भएको नेता रावलले बताए । यद्यपि, उनले पार्टी एकीकरण कहिले हुने भन्ने मिति भने तोकनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *