मनकामना केबलकार पांँच दिन बन्द हुने
१९ भदौ २०७६, बिहिबार ,
चितवन । मनकामना केबलकार आइतबारदेखि पांँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि भदौ २२ देखि २६ गतेसम्म बन्द हुन लागेको हो ।
यो केबलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेर कम्पनीले निर्माण गरेको हो । उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ । सोही अनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको कम्पनीले जनाएको छ ।
