महन्थ ठाकुरसँग विवादपछि बाबुराम नयाँ पार्टीको चौथो नम्वरमा

Share it with you friends

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा वरियता विवाद भएकाे छ ।

राजपाका नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्।

बाबुराम भट्टराइले  दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उहाँको नाम मेटिएको हो,’ श्राेतले भन्याे ।

निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिएको थियो।

अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ।

पार्टी दर्ताका लागि निवेदन दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ता गर्नुपर्ने बाध्यता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *