राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा धुनिबेशी खेल मैदानको अवलोकन
राजाराम डंगोल ,११ असार , २०७७। धादिङ जिल्लाको को धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषद का सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ ।
धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा निर्माण भइरहेको क्षेत्रिय स्तर खेलमैदानलाई पुर्बधार सम्पन्न बनाउने उदेस्यले अवलोकन गरिएको सदस्य सचिब रमेश शिलवालले बताउनु भयो ।
अवलोकन पछी सम्बोधन गर्दै सदस्य सचिब शिलवालले खेल मैदानलाई बहुउपयोगी बनाउन सकिने र खेल क्षेत्रको विकाश सगै कृषि को विकाशमा पनि जोड दिन सकिने बताउनु भयो ।
तेसैगरी रास्ट्रिय खेलकुद एन्फा का अधक्ष्य कर्माछिरिंग शेर्पाले धादिङ जिल्लामा रहेको यस खेल मैदान को विकाशमा सक्दो सहयोग गर्ने बताउनु भयो ।
धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य ले नगर पालिकाले गौरब को आयोजनाको रुपमा खेल मैदानलाई अगाडी बढाएको बताउदै तेस्को लागि आवस्यक बजेट समेत बिनियोजन गरिएको जानकारी दिनुभयो ।
अनुगमनमा धुनिबेशी नगरपालिकाका उप प्रमुख निरु खरेल, रास्ट्रिय स्तरका क्लब हरुका प्रतिनिधि ,खेलाडी र स्थानीय वासीको उपस्थिति रहेको थियो ।

 
             
             
            