राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा थाक्रे ८ मा रहेको खेल मैदानको अवलोकन

Share it with you friends

राजाराम डंगोल ,११ असार , २०७७।  धादिङ जिल्लाको को  थाक्रे गाउपालिका वडा नम्बर ८ मा  रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषदका सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ ।

थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको  खेलमैदानलाई स्तर उन्नति गर्ने  उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन पछी सम्बोधन गर्दै सदस्य सचिब शिलवालले खेल मैदानलाई स्तर उन्नति गरि बिभिन्न  क्लब हरुको खेल सम्ते खेलाउन सकिने बनाइने समेत बताउनु भयो ।

रास्ट्रिय खेलकुद एन्फा का अधक्ष्य कर्माछिरिंग शेर्पाले पनि खेल हरु खेल्नको लागि उपयुक्त ठाउ रहेको  भन्दै  खेल मैदान को विकाशमा सक्दो सहयोग गर्ने बताउनु भयो ।

थाक्रे गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत शेस्कान्त पौडेलले पनि पालिका बाट यस खेल मैदानलाइ अगाडी बढाउनको लागि  आवस्यक सहयोग गरिने बताउनु भयो उक्त अवलोकनमा रास्ट्रिय स्तरका क्लब हरुका प्रतिनिधि ,खेलाडीहरु ,र स्थानीय वासीलगाएतको  उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *