ललितपुरमा उपमेयर श्रीमती कुटने श्रीमान मिलापत्रमा घर फर्किए
ललितपुर ,२० वैशाख । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारीमाथि श्रीमानबाट भएको कुटपिटको घटना मिलापत्रमा सकिएकाे छ ।
मंगलबार राति श्रीमान धुव्र कुँवरले कुटपिट गरेको भन्दै अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन्।
लगत्तै राती साढे १० बजे महानगरीय प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिई बुधबार दिउसो महानगरीय प्रहरी परिसर जाउलाखेलमा बुझाएको थियो ।
उपमेयर अधिकारीले घटना अगाडि नबढाउने भने पछि प्रहरी नियन्त्रणमा रहेका धुव्र कुँवरलाई प्रहरीले छोडेको महानगरीय प्रहरी परिसर जाउलाखेलले जनाएकाे छ ।
श्रीमानको कुटपिटबाट घाइते अधिकारीको आँखा लगायत शरीरका विभिन्न भागमा निलडाम रहेका छन् ।
