लिभरपुलका डिफेन्डर डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक युईएफए प्लेयर अफ दि इयरको अवार्ड जित्न सफल भएका छन् ।
डायकलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको हो ।
डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४ अंकमात्र पाए ।
गएको सिजन लिभरपुललाई उपाधि जिताउन उनले प्रमुख भुमिका खेलेका थिए । लिभरपुलले १५ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।
महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट खेल्ने गर्छिन ।
