विश्व अन्तरिक्ष दिवसको अवसरमा पारेर सप्ताहव्यापी कार्यक्रम
काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भोलि शुक्रबारदेखि अन्तरिक्ष सम्बन्धि सप्ताहव्यापी कार्यक्रम गर्दैछ ।
विश्व अन्तरिक्ष दिवसको अवसर पारेर सोसाइटीले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम शुक्रबारदेखि नै कार्यक्रम गर्न लागिएको हो ।
भोलि शुक्रवार प्रदेश २ को राजधानी जनकपुरमा, शनिबार प्रदेश १ को इटहरी, आइतबार प्रदेश ४ को पोखरा, सोमबार प्रदेश ३ को काठमाडौं, मंगलवार भैरहवा प्रदेश ५, बुधवार र बिहीवार प्रदेश ३ कै काठमाडौंमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
त्यसपछि प्रदेश ६ र ७ मा कार्यक्रम गर्ने तयारी भइरहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
जानकी सेकण्डरी बोर्डिंग स्कुल जनकपुर, इटहरी इन्टरनेसनल कलेज इटहरी, साउथवेस्टर्न स्टेट कलेज, बसुन्धरा, प्रदेश ३, गण्डकी बोर्डिंग स्कुल पोखरा, प्रदेश ४, शुभ संस्कार इङ्गिलश बोर्डिंग स्कुल भैरहवा, ट्राभल पार्टनर नटराज टुर्स एंड ट्राभल्स प्रा. लि र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिस्थान खुमल्टारको सहयोगमा कार्यक्रम हुन लागेको हो ।
