वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष दाहाल

Share it with you friends

धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।”

अध्यक्ष दाहालले प्राविधिक शिक्षामार्फत नै मुलुकको विकास र समृद्धि गर्ने बताउँदै व्यावसायिक शिक्षा प्रदान गर्ने गरी प्राकृतिक सम्पदाको प्रयोग गर्ने शिक्षाका रुपमा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । आगामी वैशाख ९ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गरी नेपाल कम्युनिष्ट पार्टी बन्ने छ, उहाँले भन्नुभयो, “समाजवादको लक्ष्य सम्म पुग्न समृद्धिको बाटो सहज बनेका कारण अब विकास र सुशासनको युग स्थापित गरी सामाजिक न्यायका माध्यमबाट समाज परिवर्तन गर्न सरकारको जिम्मेवारी बढेको छ ।”

कृषि तथा विज्ञान विश्वविद्यालयमा सञ्चालित पशु विज्ञान, कृषि विज्ञान र वन विज्ञान मध्य सेमेस्टर प्रणालीअन्तर्गत चारवर्षे कृषि विज्ञानअन्तर्गतको बिएस्सी कृषिएजीको पहिलो वर्षको कक्षा शुरु भएको छ । क्याम्पस सञ्चालनका लागि पाख्रिबास नगरपालिकाका स्थानीयले १०५ रोपनी जग्गा दान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *