सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया खाली गर्ने क्रम जारी

Share it with you friends

नौबिसे । धुनिबेशी नगर क्षेत्रमा सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्ने क्रम जारी रहेको छ । डिभिजन सडक कार्यालय भरतपुर चितवनले धुनिबेशी नगरपालिका सँग समन्वय गरी मँगलबार देखी धुनिबेशी नगरपालिका ८ स्थित रेसमखेती मोडबाट सुरु भएको काम बिहिबार पनि जारी रहेको थियो । बिहिबार खानीखोला देखी सडक क्षेत्रमा सडक सिमा भित्र रहेका सँरचना वा निर्माण सामाग्री हटाउने काम भएको नगरपालिकाले जनाएको छ ।

सडक केन्द्र भित्र रहेका सँरचना, घर, टहरा वा कुनै पुर्वाधार निर्माण र निर्माण सामाग्री हटाउने काम जारी रहेको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।  आचार्यले सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्न अनुरोध भएपनि अधिकाँसले आग्रहलाई वेवास्ता गरेपछि जेसीभी लगाएर खाली गर्ने काम भैरहेको बताउनुभयो । धार्के सम्म अभियान जारी रहने नगरपालिकाले जनाएको छ ।

गत फागुन ३ गतेको नगर कार्यपालीकाको बैठकले फागुन मसान्त सम्म धुनिबेशी नगर क्षेत्रको सडक केन्द्रबाट १५ मिटर दायाँ बाँया सडकको क्षेत्रफल खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुर चितवनका ईन्जिनियर मधुसुदन साँखीले सार्वजनिक सडक ऐन २०३१ को दफा १९ मा सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख भएको र सोहि अनुसार नै अभियान जारी रहेको बताउनुभयो ।
डिभिजन सडक कार्यालयले यस अघि गल्छि गाउँपालिकामा सडक केन्द्रबाट दाँया बाँया १५ मिटर खाली गरिसकेको र धुनिबेशी नगरपालिका पछि बेनिरोराङ गाउँपालिकामा यो अभियान सुरु गर्ने ईन्जिनियर साँखीले बताउनुभयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते