सरकारी गाडीको दुरुपयोग भएको गुनासो आयो ः निर्वाचन आयोग

Share it with you friends

काठमाण्डौ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी गाडीको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू भइसकेको अवस्थामा आचारसंहिताको पालना गर्न पनि निर्देशन दिएको छ । साथै चुनावी प्रचारमा सरकारी साधन, स्रोतको प्रयोग गर्न रोक लगाएकोबारे आयोगले स्मरण गराएको छ ।
आचारसंहिता कार्यान्वयनका लागि पटक–पटक राजनीतिक दलको ध्यानाकर्षण गराएको र राजनीतिक दलका प्रमुख पदाधिकारीबाट पालनाको प्रतिबद्धता व्यक्त भएको अवस्थामा पालना नहुनु दुःखद रहेको आयोगले जनाएको छ । आयोगले नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीलगायतका पदाधिकारीले चुनाव प्रचारमा हेलिकप्टरलगायत सरकारी स्रोत, साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएको पनि जनाएको छ । सरकारी स्रोत, साधनको दुरुपयोग रोक्नका लागि निर्वाचन आयोगले पाँच वटा विशेष निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिने, प्रधानमन्त्री तथा मन्त्रीले हेलिकप्टर प्रयोग गरी विभिन्न ठाउँमा गरी प्रचारसँग सम्बन्धित गतिविधि गरेको उजुरीका सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीले हेलिकप्टर प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ÷पर्दैन स्पष्ट गरी लेखी पठाउन तथा कुन प्रयोजनका लागि हेलिकप्टर प्रयोग भएको छ खुलाएर जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने पनि निर्णय भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते