सलमान खानको पहिलो रात कसरी बित्यो जेलमा ? खाना खान इन्कार
नयाँ दिल्ली । २० वर्षअघि भारतको जोधपुरमा कालो हरिण मारेको आरोपमा विहीबार पक्राउ परेका भारतीय अभिनेता सलमानको पहिलो रात कसरी बित्यो भन्ने कुरा सबैको चाँसोको विषय बनेको छ ।
जोधपुर जेलमा रहेका सलमानले पहिलो दिन खाना खान मानेन् । उनका लागि बाहिरबाट ल्याइएको चिकन खान जेल प्रशासनले भित्र ल्याउन दिएन् । उनका लागि जेलमा दालरोटी दिइएको भएपनि उनले खान मानेन् ।
उनी रातभरी राम्रोसंग सुतेनन् पनि । उनलाई सुत्नका लागि काठको खटिया, र दरी दिइएको थियो । अधिक गर्मी भपछि जेल प्रशासनले कूलरको व्यवस्था गरेको थियो । तर, उनी रातभर सुत्न सकेनन् ।
रात बिताउनका लागि उनलाई एक टी–शर्ट दिइएको थियो । उनलाई कैदीको ड्रेस भने आज दिइएको छ । सारै तनावमा रहेका सलमानले बीपी जाँच समेत गराएका थिए ।
