साना किसान कृषि सहकारी संस्था लि.जीवनपुरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Share it with you friends

धुनिवेशी नगरपालिका ३ जीवनपुरमा रहेको रहेको साना किसान कृषि सहकारी संस्था लि.जीवनपुरको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था जीवनपुरका अध्यक्ष राजेस कुमार रुचालको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रममा पुर्व स्थानीय विकाश मन्त्रि तथा प्रदेश सभा सदस्य राजेन्द« प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथीमा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आर्चाय, नेपाल कृषि सहकारी केन्दिय संघ, साना किसान विकाश लघुवित्त वित्तिय संस्था लि. का अध्यक्ष एवम् सहकारी महासंघ नेपालका सञ्चालक सदस्य खेम ब. पाठक र बाग्मति प्रादेशिक कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, साना किसान कृषि सहकारी जिल्ला संघ धादिङका अध्यक्ष रंग थपलिया र धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द« आचार्य लगायत विभिन्न स्थानका अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथी तथा नगरप्रमुख बालकृष्ण आचार्यले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो । नगरपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उहाँले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी आचार्यले युवा कृषक युद्ध प्रसाद न्यौपानेको कृषि कर्मको प्रशंसा गर्दै युवाहरुलाई कृषिमा आकर्षित लाग्न नगरपालिकाले नगरका ३ ओटा कृषि सहकारी मार्फत अघिल्लो वर्ष १०० जना युवाहरुको लागी १|१ लाखका दरले १ करोड रुपैयाँ वितरण गरिएको र यस वर्ष पनि सोही बराबरको रकम विनियोजन गरिएकाले निराश नभई कृषिमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

त्यसैगरी सल्लाहकार मण्डलका संयोजक रमेशकुमार कँडेलले यस क्षेत्रमा कृषि क्याम्पसको आवश्यक्ता रहेकाले सानाकिसान सहकारीहरुको पहलमा कृषि क्याम्पस खोल्नका लागी सभा समक्ष प्रस्ताव पेश गर्नुभयो ।

सानाकिसान कृषि सहकारी संघ लि. धादिङका अध्यक्ष रंग थपलियाले वर्तमान सहकारी ऐन अनुसार सहकारी सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सानाकिसान कृषि सहकारी वाग्मती प्रदेशका अध्यक्ष डिल्ली पाठकले सानाकिसान कृषि सहकारी संस्था लि. सलानको उदाहरण दिदै कृषि सहकारीहरुले सदस्यहरुलाई उत्पादनमा आधारित रहेर अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


त्यसैगरी जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द« आचार्यले सहकारीहरुबिचको एकताले नै समृद्धी सम्भव हुनेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथी तथा नेपाल कृषि सहकारी केन्दि«य संघ तथा सानाकिसान लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सानाकिसान सहकारी संस्थाहरुको ऐकीकरणले नै कृषिमा ठुला परियोजनाहरु सञ्चालन गर्न सम्भव हुने भन्दै झापामा रहेको साना किसान विरेन्द« नगरले चिया प्रशोधनमार्फत कृषकहरुलाई चियाको उत्कृष्ट मूल्य प्रदान गरिरहेको बताउनुभयो । कृषिमा सहुलियत कर्जाको व्यवस्था गर्न सानाकिसान लघुवित्तले वाग्मती प्रदेश सरकारसँग ३ प्रतिशत व्याजदरमा कृषकहरुले पाउनेगरी १ अर्व रुपैयाँको कर्जा सम्झौता भएको जानकारी दिनुभयो । इजरायलमा सानाकिसान प्रशिक्षार्थी पठाउदै आएको सानाकिसान सहकारीले आगामी दिनमा जापान र दक्षिण कोरियामा समेत सानाकिसानलाई कृषि तालिममा पठाउन लागेको उल्लेख गर्दै साना किसान कृषि सहकारीहरुले यस्तो सुविधा प्राप्त गर्न ऋण असुली लगायतका सुचकांकहरुमा अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी बाग्मती प्रदेश सभाका धादिङ क्षेत्र नं १ का सदस्य राजेन्द« प्रसाद पाण्डेले सहकारीहरुले नै देशमा आर्थिक समृद्धि ल्याउन सक्ने भन्दै सहकारीहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभयो । त्यसैगरी मनोमोहन स्वास्थ्य संस्थामार्फत सानाकिसान सहकारीहरु र धुनिवेशी नगरपालिकाको समेत साझेदारीमा धुनिेवेशीमा कृषि क्याम्पस खोल्न सकिने भन्दै अभिलम्ब सम्भाव्यता अध्ययनको कार्य प्रारम्भ गर्न निर्देशण दिनुभयो । बालीनालीका स्थानीय जातहरुको प्रवद्धन तथा संरक्षण गर्न सानाकिसान कृषि सहकारी संस्था लि. तसर्पुमा बिउ बैंकको स्थापनाको लागी आफुले सहयोग गरेको भन्दै स्थानीय कृषि सहकारीहरुको प्रवद्धनमा आफुले सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्था लिं जीवनपुरको आर्थिक वर्ष २०७६⁄७७ मा ५० लाख मुनाफा कमाउन सफल भएको सहकारीद्धारा जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते