३ केजी चरेस सहित दुई जना पक्राउ
पोखरा, २५ चैत्र । तीन केजी चरेससहित पोखराबाट दुई युवक पक्राउ परेका छन् ।
पोखराको जिरो किमीबाट आईतबार लागूऔषध नियन्त्रण ब्यूरो पोखराले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङको तारा गाउँपालिकाका १९ वर्षीय बिष्णु कंडेल र १८ वर्षका सुवास गौतम रहेका छन् ।
उनीहरुलाई बागलुङबाट चरेस ल्याएर बेच्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।
