गरिमाको बयान– म यसकारण नांगिन तयार भएँ

Share it with you friends

यादव भट्टराईद्वारा निर्देशिकत झोलामा गरिमा मुख्य भूमिकामा छिन् । उक्त चलचित्रको प्रसारको लागि बनाइएको एक भिडियोमा गरिमाले भनेकी छिन्, ‘स्कूले जीवनमा पढेको झोलालाई मैले पछि पटक पटक पढेँ । आफ्नो हजुरआमालाई सम्झिएँ, उनको भोगाई मेरो आँखामा आयो ।’

कुनै समय प्रथाको रुपमा रहेको कथानकलाई पर्दामा उतारिएको झोलामा सतीको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण काम रहेको उनको अनुभूति छ । सतीको दृष्य निर्वाह गर्दा उत्साह र डर दुवै लागेको उनले बताइन् । जिउँदै चित्तामा बस्नुपर्ने, सतीले मलामीका अगाडि नाङ्गीनुपर्ने जस्ता दृष्य सुनेपछि निर्देशक भट्टराईसँग भनिन्, ‘म नाङ्गै अभिनय गर्न त सक्दिन ।’

तर निर्देशक भट्टराईले आफू नारीको इज्जत गर्ने मान्छे भएको भन्दै गरिमालाई निर्धक्क हुन सुझाएका थिए । उनले १०० वर्ष अगाडिको नेपाली समाजलाई बुझ्न दर्शकले एकपटक झोला हेर्नेपर्ने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *