सलमान खान जेल गए बलिउडलाई कति नोक्सानी ?

Share it with you friends

एजेन्सी । सलमान खानलाई जेल सजाय भएसँगै बलिउडमा तरंग छाएको छ । अदालतको आदेशपछि अब बलिउडको भविष्य कस्तो होला भन्ने अन्यौल बढेको छ ।

भारत जोधपुरको एक अदालतले कालो हरिण मारेको आरोपमा खानलाई ५ वर्षको सजाय सुनाए पछि बलिउडमा करोडौंको नोक्सानी हुन सक्ने आँकलन गरिएको छ । सुपर स्टार खानमाथि बलिउडमा झण्डै ४ सय करोडको बाजी लागेको छ ।

उनलाई सजाय भएमा यो रकम बलिउडलाई नोक्सान हुनेछ । अहिले सलमान खानको रेस ३ को सुटिंगमा छन् । उनले यो फिल्मका लागि उनको रोलका लागि १५० करोड बजेट छुट्टाइएको छ ।
यस्तै, दबंग ३ को सुटिंग पनि गर्ने तयारी भइरहेका भारतीयसञ्चार माध्यमले जनाएका छन् ।

यस्तो बेला सलमान खानमाथिको सजायले ठूलो नोक्सानी हुने अनुमान गरिएको छ । १९९८ को सेप्टेम्बर २६ तारिखमा सलमानले कालो हरिणको शिकार गरेका थिए ।यो बाहेक यहि सालको २८ सेप्टेम्बरमा अर्को कालो हरिणको शिकार गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *