एमालेसँग फोरम पनि सशंकित !

Share it with you friends

काठमाडौँ, ३० चैत ।  सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवाद फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट  सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् ।

संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् ।

संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरुले प्रस्ट पारेका छन् ।

एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरुको भनाई छ । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *