आज तिजको पहिलो दिन दर खाएर मनाईदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ भदौ २०७६, आईतबार,
धादिङ–
नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्तजन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् । दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ ।

अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ । यसैबीच हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको पूर्वी ढोका भक्तजनहरुका लागि खुल्ने भएको छ । यसअघि २ दशकदेखि तीजको बेला यो ढोका बन्द हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *