धादिङमा पहिरोले ४ वटा गाडी पुरियाे ,३ वटा गाडी त्रिशूलीले बगायाे
धादिङ जिल्लाकाे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा ४ वटा गाडी पुरिएकाे छ भने ३ वटा गाडीलाइ त्रिशुलीले बगाएकाे छ।
आइतबार देखि लगातार भएकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर १० काे हुग्दी खोला आएको पहिरोले ४ वटा गाडी पुरिएकाे छ भने पहिराे र भेलले ३ वटा सवारी साधन त्रिशूलीमा बगेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
पहिरोकाे कारण एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरिएकाे छ भने एक मिनिट्रक र दुइवटा जीप सहित ३ वटा गाडी बगाएकाे हाे । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
(तस्विर : सामाजिक सञ्जाल)