धादिङ जिल्लाको थाक्रेमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु
धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्वर ६ रानिवारी कार्कीगाँउमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ ।
राती करीव ११ बजेको समयमा गोठमा गएको समयमा पहिरो खस्दा च्यापिएर ५५ वर्षिय सानुबाबु पन्तको मृत्यु भएको हो ।
पहिरोको कारण गोठ भत्किदा एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ ।
महादेवबेशी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले मुचुल्का उठाई पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्र पठाउने तयारी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
(साकेंतिक तस्विर)