केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाको २२ औं स्थापना दिवस सम्पन्न

Share it with you friends

केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड थाक्रेले २२ औं स्थापना दिवस तथा प्रगति समिक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार संस्थाका अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले गरेको यस आर्थिक वर्ष २०७८ सालको मंसिर महिनासम्मको आय व्याय तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेको छ । साथै अबका दिनहरुमा संस्थाले के कस्ता काम गर्ने र अझै कसरी समुदायमा प्रभावकारी ढङ्गले अघि बढ्न सकिन्छ सोको बारेमा स्थानीय सरकार तथा समुदायसँग राय सल्लाह तथा सुझाव संकलन गरेको छ ।

यसअघिको साधारण सभाले किसानले बिक्रि गर्ने दुधमा प्रति लिटर १ रुपैयाँ र खसीबोकामा प्रति केजि १ रुपैयाँ अनुदान दिने भनी गरेको निर्णयलाई पारित गरेको छ । किसान हकहितकै लागी प्राथमिकता दिदै आएको यस केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले सदैव समुदायलाई लक्षित गर्दै किसान हकहितकै लागी काम गर्ने अध्यक्ष अप्सरा अधिकारीले बताउनुभयो ।

केवलपुरमा करिव ९८ प्रतिशत शेयर सदस्य रहेको यस संस्थामा १ हजार १ सय ३६ जना शेयरसदस्यहरु समेटिएका छन भने वार्षिक २५ करोड बराबरको कारोबार गर्दै आएको संस्थाका प्रवन्धक सुरेश कोइरालाले जानकारी दिनुभयो । यस अगाडी राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट समेत संस्था सम्मानित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *