‘बोक्सी’ भन्दै यातना दिने ‘भोलेबाबा’लाई पाँच वर्ष कैद र एक लाख जरिवाना

कैलाली, १८ जेठ । ‘बोक्सी’ भन्दै यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार उनलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । गत फागुन २४ गते नारी दिवसको दिन

Read more

धादिङको मलेखुमा मोटरसाइकल र ट्रक आपसमा ठोक्कियो, एकजनाको मृत्यु

धादिङ, १८ जेठ । धादिङको पृथ्वी राजमार्गस्थित मलेखुमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा शुक्रबार एकजनाको मृत्यु भएको छ । मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेनिघाट–रोराङ गाउँपालिका–४ का निरञ्जन सुनारको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा

Read more

उपेन्द्र यादव बने स्वास्थ्य मन्त्री

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ । ।नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गनु भएकोहो । यसअघि, ती दुवै मन्त्रालयको जिम्मेवारी

Read more

पाल्पामा बस दुर्घटना हुँदा डिभिजन सहकारी प्रमुखसहित १२ कर्मचारीको मृत्यु

पाल्पा, १८ जेठ । पाल्पामा विहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै एकै सहकारीका रहेका प्रहरीले जनाएको छ । पाल्पा रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा विहान बस पल्टिएको हो । पाल्पाको तानसेनबाट रामपुरका लागि छुटेको लु २ ख ९७५ नम्बरको बस आर्यभञ्ज्याङ र रामपुरको बीचमा पर्ने

Read more

पाल्पामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

काठमाडौं, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ । रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read more

अश्लील दृश्य र भाषाका कारण करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा रोक

काठमाडौं, १८ जेठ । करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ ।प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी वेडिङ थप चर्चामा आएको छ । भारतीय मिडियाले भने फिल्मको व्यापारमा यसले असर पार्ने उल्लेख गरेका छन् ।   पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको सेन्टर बोर्ड अफ फिल्म

Read more

वीर अस्पतालको नाममा रकम संकलन नगर्न धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारको निर्देशन, के भने धुर्मुसले ?

काठमाडौं, १८ जेठ । सरकारले वीर अस्पतालको नाममा धुर्मस सुन्तली फाउण्डेशनमार्फत रकम उठाउन रोक लगाएको छ । अस्पतलाको नाममा उठाएको रकम दुरुपयोग भएको भन्दै सरकारले रोक लगाएको हो । सरकारले चन्दा उठाउन पनि रोकेको छ । विहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले अब रकम नउठाउन निर्देशन दिनु भएको हो । तर पत्रकार

Read more

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वारा पहिलो पटक लिखित रुपमा निर्देशन, स्थायी कमिटीमा को को ?

काठमाडौं, १८ जेठ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी

Read more

एसएसपी श्यामबहादुर खत्री जेल चलान

काठमाडौं, १८ जेठ । सङ्गठित अपराध र सुन तस्करी मुद्धामा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ । आफूविरुद्ध अनुसन्धान थालिएपछि फरार रहेका भनिएका खत्री बिहीवार आफैँ अदालतमा उपस्थित भएका थिए । बयानपछि थुनछेकको बहस भएको थियो । बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा सङ्गठित अपराधमा एसएसपी

Read more

सोलुखुम्बुको महाकुलुङमा पहिरोले डोजर सहित सहचालक पुर्याे, उद्दार चल्दै

सोलुखुम्बु, १८ जेठ । सोलुखुम्बुको महाकुलुङमा खसेको पहिरोले डोजरसहित सहचालक पुरिएका छन् । सडक निर्माण भइरहेका बेला पहिरो खसेको प्रहरीले जनाएको छ । अर्को डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय सोताङको टोलीले उद्दारको प्रयास गरिरहेको छ । भिरमा सडक खन्ने क्रममा विहीबार दिउँसो पहिरो खसेको हो ।

Read more