थप १५६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ४२ पुग्यो
बिहिवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक हजार बैयालिस पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाकै कारण पाँच जनाको मृत्यु भइसकेको छ ।
Read more








