दशैँमा आफन्तलाई कोसेली स्याउ
२३, असोज २०७६ । दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए ।
Read more









