अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरियामा, तोकिएको मितिमा होला त वार्ता !
एजेन्सी, १४ । अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । तोकिएको मितिमा नै वार्ता गर्नका लागि तयारीका लागि अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको हो । यो प्रतिनिधिमण्डलले उत्तर कोरियाका अधिकारीहरुसँग छलफल गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको छलफलको तयारीका लागि अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । प्रतिनिधिमण्डलसँग पानमुनजोन गाउँमा छलफल भइरहेको विविसीले जनाएको छ । सोमबार वार्ताको बारे कुनै ठोस निर्णय आउन सक्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाले वार्ता बारे सोमबार आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र उत्तरकोरियाबस्च सिंगापुरमा वार्ता गर्ने तयारी छ । दुई देशबीचको वार्तालाई विश्व समुदायले चासोका साथ हेरेका छन् ।

यस अघि उत्तर कोरियाले शत्रुताको वातावरण बनाएको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्ले वार्ता नगर्ने घोषणा गरेका थिए । तर उत्तर कोरियाली सञ्चार माध्यमले तोकिएको १२ जुनमा नै अमेरिका राष्ट्रपतिसँग वार्ताका लागि आफ्ना नेता किम प्रतिबद्ध रहेको बताएका थिए ।
