शौचालयमा लडेर सभामुख आईसीयूमा

Share it with you friends

पोखरा, २९ वैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो । कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *