मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले चल्दै, विजेताले के के पाउछँन पुरस्कार ?
मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले अहिले भइरहेको छ । मिस नेपाल प्रतियोगितामा देशभरका २५ जना युवतिहरुको प्रतिस्पर्धा भइरहेको छ ।
होटल अन्नपूर्णमा भइरहेको ग्राण्ड फिनालेमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल युनिभर्सको उपाधि जित्ने चार जना मुख्य विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिनेछ ।
यी चारै जना विजेताले आगामी वर्ष विभिन्न देशमा सञ्चालन हुने मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स तथा मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
