अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

Share it with you friends

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गर्नुभयो । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गर्नुभयो । खेल जीवनको आफ्नो एक हजार खेलमा मेस्सीले ३५औं मिनेटमा अष्ट्रेलियाका रक्षकलाई छल्दै गोल गर्नुभएको थियो । पाँचौं पटक विश्वकप खेलिरहनु भएका मेस्सीको विश्वकपमा नवौं गोल हो । मेस्सी म्यान अफ दि म्याच समेत हुनुभयो ।
५७ औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यता पहिलो हाफमा रक्षात्मक प्रदर्शन गरेको अष्ट्रेलियाले खेलको ७७औं मिनटमा आत्मघाती गोल उपहार पायो । अष्ट्रेलियाका क्रेग गुडविनको लामो प्रहार अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो । त्यसपछि दुवै टोलीले खेलको अन्तिम समयसम्म थप गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ । शनिबार रातिनै नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *