एकाविहानै धादिङमा दुई वटा सवारी साधनमा आगलागी

Share it with you friends

 

राजाराम डंगोल धार्के, धादिङ बैखाख ३० । धादिङको धुनिबेशी ६ धार्के चालिसेमा रोकिराखेको भारतिय दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर नस्ट भएको हाे ।

बिहान  ३ बजेदेखी आगो लागेपछि स्थानीय ,नेपाल प्रहरी ससस्त्र प्रहरी र डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको करिब २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर आगो नियन्त्रणमा लिईएको छ ।

आगलागि बाट मानविय क्षति भएको भने छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय हरु त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जलेर छिनेपछि धुनीबेशी नगरपालिका मा विद्युत सेवा अवरुद्द भएको छ ।

आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । आगलागिको विषयमा आगो कसरी लाग्यो भन्ने थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्या लयका खानिखोलाका प्रमुख प्रहरी निरिक्षक जिवन निरौलाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *