पाल्पामा बस दुर्घटना हुँदा डिभिजन सहकारी प्रमुखसहित १२ कर्मचारीको मृत्यु

Share it with you friends

पाल्पा, १८ जेठ । पाल्पामा विहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै एकै सहकारीका रहेका प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा विहान बस पल्टिएको हो । पाल्पाको तानसेनबाट रामपुरका लागि छुटेको लु २ ख ९७५ नम्बरको बस आर्यभञ्ज्याङ र रामपुरको बीचमा पर्ने हुमिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरासहित विष्णुमान बज्राचार्य, सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, शुसिल श्रेष्ठ, देवेन्द्र प्रधान र वसन्ती खाँणको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले घाइतेहरुको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार बसमा लक्ष्मी बचत तथा क्रृण सहकारी संस्था बैंक रोड तानसेनमा कार्यरत कर्मचारीहरु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *