प्रथम महादेबबेसी मिनी महोत्सबमा बद्रीले रुवाए आमाहरुलाई

Share it with you friends

राजाराम डंगोल थाक्रे, धादिङ, २० वैशाख । धादिङको थाक्रे ११ महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सबमा लोक गायक बद्री पंङ्गेनीले “आमा विदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन” बोलको गित गाँउदा महोत्सब मा उपस्थित भएको बुढि आमाहरुको आँखा रसाएको थियो । घरको आर्थिक अवस्था उकास्नको लागी परदेसिएका दाजु भाईहरुले विदेशमा गरेको दुख लाई गायक पङ्गेनीले गित मार्फत प्रस्तुत गर्दा महोत्सब मा उपस्थित भएका दर्शकहरुको गला अबरुद्ध भएको थियो ।


थाक्रे गाँउपालिका वडा नं. ११ महेशखोला किनारमा भएको मिनि महोत्सबको सातौँ दिन आज जनताका प्रिय गायक बद्री पङ्गेनी , गायिका कला पङ्गेनी , खेम जी राना , उत्सब लामा ,यशोदा विडारी , दुर्गा विडारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
थाक्रेको पर्यटन पर्बद्धन गर्ने उद्देश्यले संचालन गरिएको मेलामा विभिन्न घरायसी सामान, आधुनिक कृषि औजार लगायत विभिन्न खाद्य परिकारहरुको स्टल का साथमा बिभिन्न मनोरन्जनात्मक खेलहरु रहेको मेलामा आज सातौ दिन करिब १५०० दर्शकले मेलाको अवलोकन गरेको मेला मुल आयोजक समितिका सदस्य सचिब अरुण कुमार लामाले जानकारी दिनुभयो ।
उज्यालो भविश्य महिला समुह र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजना तथा न्यू स्टार क्लब महादेबबेसी, महादेबबेसी स्पोर्टस क्लब, थाक्रे कला केन्द्र देब विकास बैङ्क, हर फार्म नेपालको साथ र सहयोगमा संचालन भएको मिनि महोत्सब यहि बैशाख २४ गते सम्म संचालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *