प्रियंकाको जुत्ताको मूल्य कति ?

Share it with you friends

प्रियंका चोपडालाई बलिउडकी फेसनेबल हिरोइनको रूपमा लिइन्छ । प्रियंका कपडाका साथै फुटवेयरकी पनि सौखिन छिन् । यही कारण पनि प्रियंका चर्चित ड्रेससँगै चर्चित डिजाइनरले बनाएका जुत्ताको साथमा देखिन्छन् । उनी प्रायः नयाँ जुत्तामा देखिने गर्छिन् ।

बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्रीमध्ये फरक अभिनेत्री हुन् । उनलाई दोस्रोपटक त्यही लुगा लगाउन कुनै संकोच हुँदैन । हाल प्रियंका सेतो रङको जुत्तामा देखा परिन । योभन्दा पहिले पनि प्रियंका त्यही जुत्तामा देखा परेकी थिइन् । प्रियंकाले एउटै जुत्ता बारबार लगाउनुको एउटै कारण यो हो कि उनको जुत्ताप्रति एकदम लगाव छ।

प्रियंकाले एउटै जुत्ता लगाउनुको कारण फरक होला, तर उनको उक्त जुत्ताको मूल्य सुन्दा धेरैलाई महँगो लाग्न सक्छ । उनको छालाको जुत्ताको मूल्य ८ सय ६४ हलर अर्थात लगभग ९० हजार नेपाली रुपैयाँ रहेको छ । प्रियंकाले पहिलोपटक यो जुत्ता सलमानकी बहिनी अर्पिता खानका साथ ‘नाइट आउट’को क्रममा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *