मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न पाँच अर्बकाे ठेक्का

Share it with you friends

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको ३९ किलोमिटर सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ।

नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम जेभी ले ठेक्का पारेको हो। जेभीले ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँमा ठेक्का हात पारेको हो।

क्षेत्रिय व्यापरिक मार्ग विस्तार आयोजनाका प्रोजेक्ट कोर्डिनेटर त्रिलोकनाथ घिमिरेले ठेकेदार कम्पनीले ३ वर्ष भित्रै मलेखु–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको बताएका छन् ।

बजार क्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ । त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिने घिमिरेको भनाई छ ।

यो सडक खण्ड विस्तार गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको हो । संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *