यातायात सेवा अवरुद्ध पार्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन,व्यवसायी पक्रदै प्रहरी

Share it with you friends

काठमाडौं, २१ वैशाख । सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ ।

सिण्डिकेट विरुद्ध सरकारले ल्याएको कार्यविधिको विरोधमा यातायात व्यवसायीले गृहमन्त्री थापाले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिनु भएको हो ।

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्री थापाले आवश्यक ऐन २०१४ अनुसार कारवाही गर्नका लागि निर्देशन दिनुभएको हो ।

ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ भने हड्ताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजाय तोकिएको छ । गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरीले आन्दोलनमा रहेका व्यवसायीलाई पक्राउ गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *