विप्लवकाे नाममा २ करोड माग्ने ४ जना पक्राउ

Share it with you friends

काठमाडौं, २९ चैत । व्यवसायीहरुसँग चार करोड रुपैयाँ फिरौती माग गर्दै आएका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाका ४० वर्षीय चेतबहादुर गुरुङ, गोरखाकै २८ वर्षीय व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाल रहेका छन् ।

उनीहरुले फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता भएको भन्दै व्यवसायीहरुलाई विभिन्न नम्बरमार्फत दुई करोड रुपैयाँ माग गरेका थिए । उनीहरुले भारतीय नम्बरबाट समेत फोन गरी धम्क्याएको गोर्खाकै एक व्यवसायीले प्रहरी समक्ष उजुरीमा बताएका छन् ।

चन्दा नदिए बमले उडाइदिने भन्दै धम्की दिने गरेको व्यवसायीहरुको उजुरीका आधारमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले चार जनाको उक्त समूहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चैत २८ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

समूहका प्रमूख योजनाकार चेतबहादुर गुरुङ रहेको र उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *