शेषकान्त फाउन्डेशनद्धारा धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

Share it with you friends

२६ जेठ २०७८, बुधबार 

शेषकान्त फाउन्डेशनले धादिङको धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । बुधबार धुनिवेशी नगरपालिकाको कार्यालयमा शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मेडिसिन किट ५० प्याकेट, पिपिई सेट १०० थान, अक्सिमिटर ५० थान, थर्मोमिटर ५० थान, सेनिटाईजर ५० थान, मास्क ५० प्याकेट, कन्सेन्टेटर ३ थान र पञ्जा १० प्याकेट सहयोग गर्नुभएको छ ।

सहयोग प्रदान गर्नुहुदै शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले कोरोनाको यो विषम परिस्थितीमा संस्थाले स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य सुरक्षाका सामाग्री बुझ्नुहुदै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले कोरोनाको अहिलेको विषम परिस्थितीमा नगरबासीहरुको हितका लागी संस्थाले सहयोग गरेको भन्दै शेषकान्त फाउन्डेशनलाई धन्यवाद दिनुभयो । त्यसैगरी कार्यक्रमकै बिचमा मेयर बालकृष्ण आचार्यले नगरबासीहरुलाई सरकारले तोकेको नियमहरु पालना गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *