विवादमा कपिल शर्मा, बन्द भो नयाँ शो पनि

Share it with you friends

एजेन्सी । केही समय यता विवादमा आइरहेका कपिल शर्माको नयाँ शो पनि बन्द भएको छ ।

कपिल शर्माले शो चलाउने च्यानलले उनलाई आफूले गरेको गल्तीको माफी माग्न भने पछि शो छायाँकन हुनु अगावै बन्द भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कपिलको नयाँ शो ‘फ्यामिलि टाइम विथ कपिल’ गएको महिनाको २५ तारिखदेखि सञ्चालन भएको थियो ।

यस अघि उनको ‘कमेडि विथ कपिल’ निकै चर्चित भएको थियो । तर सहकर्मीसँगको झगडाका कारण उनको शो बन्द भएको थियो । पछिल्लो समय कपिल एक सम्पादकलाई अभद्र व्यवहार गरेको भन्दै विवादमा तानिएका हुन् ।

सफलताको शिखरतर्फ उन्मुख भएका कपिल पछिल्लो समय विवादमा मात्रै तानिन थालेका छन् । यसलाई उनको घमण्डको रुपमा परिभाषित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *