शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन

Share it with you friends

काठमाडौं २७ चैत । शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार गरिएको छ ।

समाजका आन्दोलित पक्ष र राजनीतिक चेत नै उपन्यासका मुख्य पक्ष हुन् । निरपेक्षता, सूक्ष्मलेखन, स्थानीय मैथिली भाषाको प्रयोग, भाषिक लचकता र ताजा विम्बका प्रयोग उपन्यासका मूलभूत विशेषता रहेको कार्यक्रममा बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *