भक्तपुरमा १२ जनालाई डेंगुको संक्रमण

Share it with you friends

१६ भदौ, २०७६ ।

भक्तपुरका एक स्वास्थ्य अधिकृत सहित १२ जनामा डेंगुको संक्रमण देखा परेको छ। भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको टेकुस्थित अस्पतालमा उपचार भइराखेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत बर्षभन्दा यसबर्ष डेंगुको संक्रमण बढी देखिएको छ। न्यौपानेका अनुसार गत वर्ष तीन जनामा डेंगु देखिएको थियो। डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *