भाेलीदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन बन्द हुने
२ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने निर्णय भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ दिन निषेधाज्ञाको निर्णय गरेको हो।
कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।
अत्यावश्यक सेवाका बाहेक निजि र सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ भने अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्द हुनेछन्।