धादिङको थाक्रे गाउपालिका ६,७ र ८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

धादिङ्ग, धादिङको थाक्रे गाउपालिका वडा नं ७ कालिका स्थान हाप्सेको चौरसाविकको गाबिस भवन को हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५र०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

थाक्रे गाउपालिकाको आयोजना तथा कृषि रेडियो धादिङको सहकार्यमा साविकको थाक्रे गाविस तथा हालका थाक्रे गाउपालिका वडा नं ६,७र ८ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विषेश गरि थाक्रे गाउपालिका ६,७ र ८ को सेवा सुविधाको विषय, जन प्रतिनिधी हरु को काम कारबाही र विकास निर्माणका बारेमा विभिन्न ब्यक्तिहरुको गुनासो तथा सुझाबलाई वडा अध्यक्ष, प्राबिधिक तथा गाउपालिकाका उपाध्यक्ष अध्यक्ष ले सवाल को जवाफ दिनुभएको थियो।

सो कार्यक्रम मा गाउँ पालिका को अध्यक्ष रामकुमार आचार्य उपाध्यक्ष अम्बिका रुपाखेती वडा नम्बर ६ का वडा अध्यक्ष पुर्ण बहादुर कार्की वडा नुम्बर ७ का रामकुमार बस्नेत र वडा नम्बर ८ का वडा अध्यक्ष केदार प्रसाद प्याकुरेल नेकपा का नेता किस्न पन्थ, शंकर तामाङ स्थानीय विभिन्न योजनाका उपभोक्ता समिति का ब्याक्तित्व हरु सर्व साधारण तथा सरोकारवालाहरु लगाएत विभिन्न ब्याक्तित्व हरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको कृषि रेडियो र रेडियो मान्खुले प्रत्यक्ष प्रसारण गरेका थियो।

